काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले इतर पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएपछि नेता डा. शशांक कोइरालाले त्यसको जवाफ दिएका छन्।
सभापति थापाले बुधबार कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अर्को पार्टीको गतिविधिमा सक्रिय भए विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए।
गगनको उक्त चेतावनीबारे चुनदेवी बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले कोइरालासँग प्रश्न गरेका थिए।
जवाफमा कोइरालाले भने, ‘कसले कारबाही गर्ने ? उहाँहरूले कारबाही गर्नुहुन्छ भने हामी के भन्न सक्छौँ र ?’
उनले आफूहरू अब आफ्नै बाटोमा अघि बढिसकेको पनि बताए।




















प्रतिक्रिया