Logo

प्रमुख समाचार

सभापति देउवाले नेपाली काङ्ग्रेस सक्ने भए : शेखर कोइराला



नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काङ्ग्रेसभित्रको गुटबन्दीले पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् ।

उदयपुर सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को कार्यालय स्थापनाको अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ता नै गुटउपगुटमा लागेकाले केन्द्रदेखि जिल्लासम्म काङ्ग्रेस कमजोर बन्ने अवस्था आएको बताए ।

केन्द्रीय सदस्य कोइरालाले पार्टी संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर केन्द्रीय नेतृत्व एक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको बताए । अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा काङ्ग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने उनले स्पष्ट गरे ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०१:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।