Logo

समाचार

संचारमन्त्रीका पिए कुटिए, उपचारका लागी काठमाडौ ल्याइयो



नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधीमन्त्री गोकुल बाँसकोटाका शोकिए सचिव (पिए) राजकुमार सापकोटा माथी हातपात भएको छ । पनौतीबाट नीजि गाडीमा बनेपा आउँदै गरेका सापकोटालाई हिजो साँझ अबेर पनौतीको ढलमलेमा अज्ञात समुहले हातपात गरेका थिए। घाइते सापकोटालाई उपचारको लागि तत्कालै बनेपा स्थित शीरमेमोरियल अस्पताल ल्याईएको थियो । घटनाबारे बुझ्न अस्पताल पुगेका सञ्चारकर्मीहरूलाई नेकपाका कार्यकर्ताले घाईतेको फोटो खिच्न र घाइतेसँग कुरा गर्न रोक लागाएका थिए ।

सञ्चारमन्त्रिका पिए कुटिएको खबर पाउनासाथ प्रमूख जिल्ला अधिकारी लगायत जिल्लामा रहेका उच्च सुरक्षा अधिकारीहरू शीरमेमोरियल अस्पताल आएका थिए । प्रहरीले कुटपिट मा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायका अनुसार घटना बिहिबार साँझ पख काभ्रेको पनौती नगरपालिकाको –५ नम्बर ढलमलेमा भएको बताएका छन् । उनले भने पक्राउ पर्नेमा पनौती नगरपालिका ५ नम्बर वडाकै स्थानियहरू रहेको बताएका छन् ।

सुमन बोगटी, कञ्चन भन्ने चन्दन बोगटी र प्रमेश केसी रहेका छन् । घटना बारे एक पक्षिय कुरा मात्रै बुझेका छौँ दुबै पक्षको कुरा र अरु थप संलग्नलाई खोजीको प्रयास भईरहेको छ । उनले भने सापकोटा बनेपा आउँदै गर्दा सो घटना भएको थियो । उपचारमा उनको रगत बगिरहेको भन्दै बिहिबार बेलुका नै नर्भिक अस्पताल लगिएको बताएका छन् ।

कुटपीटमा संलग्न भएको आरोपमा पक्राउ परेका सुमन बोगटीका अनुसार पनौतीबाट आउने क्रममा लक्ष्मी दाना उद्योग आसपासको बाटोमा सापकोटाको गाडीले आफ्नो मोटरसाईकललाई ठक्कर दिएर भाग्न खोजेपछि ढलमले मा रोकेर छलफल गर्ने क्रममा सापकोटाले पहुँच देखाएपछि बादविवाद भएको हो ।

उनको आरोपमा सञ्चारमन्त्रिका पिए सापकोटाले मदिरा सेवन समेत गरेका थिए । बोगटी श्रीमती सहित आफ्नो छोरालाई जचाएर फर्कदै थिए । सञ्चारमन्त्रिका पिए सापकोटा कहाँ पुगेर फर्कदै थिए भन्ने जानकारी प्राप्त हुन सकेको छैन । एक स्थानीय ओटीभी नेपाललाई दिएको जानकारी अनुसार अहिले सापकोटालाई उपचारका लागी काडमाडौ ल्याइएको छ । यस विषयमा कुरा गर्न उनी सँग सम्पर्क गर्न खोज्दा सापकोटाको टेलिफोन उठेन ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।