बर्दियाको कर्णाली (गेरुवा) नदीमा दुईजना बेपत्ता भएका छन् । कोठियाघाट स्थित सो नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बाँके जिल्ला कोहलपुर निवासी १९ बर्षिय दिपेन्द्र कार्की र कैलाली जिल्ला लम्की निवासी १९ बर्षियक प्रज्ज्वल कोईराला पौडी खेल्दाखेल्दै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।
बेपत्ता भएका दुई जनाको नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले खोजी गरिरहेको उनले बताए । ६ जनाको समुहमा घुम्न आएका उनीहरु सबैजना पौडी खेल्दै थिए ।


















प्रतिक्रिया