Logo

लुम्बिनी प्रदेश

पुर्कोट दहमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



जिल्लाको मदाने गाउँपालिकाको पुर्कोट दहमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न भएको वृहत निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकामा रहेका सातवटै वडाबाट २ हजार ६ सय ३७ जनाले सेवा लिएका थिए । जसमा पुरुष १ हजार ६० र महिला १ हजार ५ सय ७७ जनाले सेवा लिएको गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए ।

जनताहरु स्वास्थ्य परिक्षण गराउन बुटवल, काठमान्डौ धाउने, अनावश्यक धेरै आर्थिक खर्च हुने भएकाले, त्यसको मध्यनजर गर्दै गाउँपालिकाले घरआगनमै सेवा प्रवाह गर्ने उदेश्यले यो शिविरको संचालन गरेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

जनताले आफ्नै घर आगनमा निःशुल्क स्वास्थ परिक्षण गराउँन पाउँदा हर्षित बनेका छन । देशका प्रतिष्ठित अस्पतालमा कार्यरत दक्ष अनुभवी डाक्टरहरुबाट मुटु रोग, नाक, कान, घाँटी, छाला, आँखा, मानसिक नशा रोग, हाडजोर्नी तथा भिडियो एक्स–रे लगायतका दर्जनौँ सेवा प्रदान गरिएको थियो र विषय विशेषयोग्य २० जना डाक्टरहरुको टोलि आएर स्थानीय जनताहरुलाई सेवा प्रवाह गरिएको थियो ।

स्वास्थ्य सिविरमा बिरामिहरुलाई निस् शुल्क औषधि प्रदान गरिएको थियो। स्वास्थ्य शिविरबाट हाडजोर्नी, स्त्रीरोग र दमको रोगिहरु अत्यधिक भएको जनाईएको छ । स्वास्थ्य शिविर २०७५ चैत्र ३० देखि बैशाख १ गतेसम्म २ दिन चलेको थियो । स्थानिय सरकारको अनुभूति दिलाउने गरि मदाने गाउँ पालिकाले आफ्ना कार्यहरु निरन्तर रुपमा अगाडि बढाउने काम गरेको छ ।

वृहत निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटनमा प्रदेश नं.५ का प्रदेश सांसद दिनेश पन्थीको उपस्थित रहेको थियो, भने समापन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु र विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।