Logo

सुरक्षा/अपराध

इन्धन चोरी तस्करी गरी ठगी गरेको अभियोगमा २ जना पक्राउ



पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट २ जनालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने ३५ वर्षीय अजय लामा र  सोही ठाउँ बस्ने २८ वर्षीय  बिकेश लामा रहेका छन् ।

मङ्सिर ३ गते ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना.७ ख २९९५ र ना.७ ख ३६९६ नम्बरको टैंकरमा फल्स चेम्बर बनाई ईन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारी प्राप्त भए पश्चात् उक्त टैंकरका चालकहरू अजय र बिकेशलाई पक्राउ गरेको हो । पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन लुकाई भारत लगि बेच्ने र आयल निगमलाई हानी नोक्सानी पुर्‍याई ठगी गर्ने कार्यको अनुसन्धान प्रकृया अगाडि बढाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।