बर्दियामा जवरजस्ती करणी मुद्धामा २ वर्ष ६ महिना कैद सजाए पाएका टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया बढैयाताल गाउ पालिका वार्ड न ४ का ३५ वर्षिय टेकबहादुर विकले स्थानिय एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उच्च अदालत तुल्सिपुरले २ वर्ष ६ महिना कैद सुनाइएका विक फरार भएका थिए ।
२०७१ साल कार्तिक ८ गत विकले महिलालाई जवरजस्ती करणी गरी फरार भएको प्रहरीले बताएको छ । प्रहरीले विकलाई बर्दियाको मैनापोखर क्ष्ँेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।




















प्रतिक्रिया