गुल्मी जिल्ला मालिका गाउँपालिका ४ अर्खावाङ्गमा स्थापित श्री अर्खवाङ्ग मालिका मदाने कृषि उत्पादन तथा वितरण उद्योग समूह मालिका गाउँपालिका ४ अर्खबाङ्ग गुल्मीले आर्थिक बर्ष २०७५/७६ मा बिनियोजित योजना तथा उक्त सस्थाको आर्थिक आय ब्यय सम्बन्धि सार्बजनिक सुनुवाइ तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश नं ५ भुमि सहकारी तथा कृषि मन्त्रालय कृषि अनुदान कार्यक्रम मार्फत व्यावसायिक रुपमा बाख्रा पालनको लागि ४ लाख रुपैया अनुदानको कार्यक्रम परेको थियो सोही कार्यक्रम सम्झौता अनुसार सम्पन गरे संगै उक्त संस्थाले सार्बजनिक सुनुवाइको अबसर पारी चीयापान कार्यक्रम आयोजना गरिएको सस्था संचालक समुहका अध्यक्ष मधुसूदन भट्टराईले बताएका छन् ।
भट्टराईको सभापतित्तो रहेको उक्त कार्यक्रममा मालिका गाउँपालिका वाड नं ४ का वडा अध्यक्ष हिरालाल अर्यालको प्रमुख आथित्य्ता रहेकोे थियो भने वडा सदस्य माधब प्रसाद अर्यालको बिशेश आथित्यता रहेको थियो ।
नारायण प्रसाद अर्याल, जनकलाल अर्याल, खुमराज अर्याल महेश्वर अर्याल, भोजराज रेग्मी, भिमलाल रेग्मी, प्रेम भट्टराई लगायतको आथित्यता रहेको थियो । उक्त कार्यक्रम सोही संस्थाका संन्चालक, सचिब कपिल राज रेग्मीले आफ्नो प्रतिबेदन अनुसार योजना सम्बन्धि रू ९ लाख ८३ हजार र आफ्नो बार्षिक कारोबार ६ लाख गरि कुल १५ लाख ८३ हजार को आर्थिक आय ब्यय प्रस्तुत गरेका थिए ।
हाल उक्त संस्थाले वैदेशिक रोजगारीबाट फर्किआएका ३ युवा सहित ४ जनाको लगानीमा १०० भन्दा बढी बाख्रा र लोकल कुखुरा पाल्दै र आलु खेती समेत गर्दै आएको छन् ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिती वाडा अध्यक्ष अर्यालले मालिका गाउँपालिका वाड नं ४ अर्खवाङ्ग बाख्रा पालनको लागि उपयुक्त रहेकोले यस मालिका वाड नं ४ फरक तरिकाले लागेको र ब्यबसायीक कृषि तथा पशुपालन गर्ने कृषकलाई आवश्यक अनुदान तथा सहयोग गर्ने समेत बताएका छन् । उक्त कार्यक्रमको संचालन संथाका संचालक तथा सचिब कपिल राज रेग्मीले गरेका थिए ।




















प्रतिक्रिया