Logo

बैंकिङ

महालक्ष्मी विकास बेैंक लि. द्वारा Visa Contactless  सेवा सञ्चालनमा



महालक्ष्मी विकास बैंक लि. ले Visa Contactless कार्ड सेवा सञ्चालनमा ल्याएको छ । Visa Contactless कार्ड Near Field Communication (NFC) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकालेPOS Terminal रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक लि.Visa Contactless कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । । 

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ । 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।