Logo

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले गर्यो यस्तो अनुरोध



प्रचलित कानुन विपरीत हुने अश्लिल भिडियोहरु लगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेको सम्बन्धमा सचेत एवं संवेदनशील हुन सम्बन्धित व्यक्ति अविभावक, संघ संस्था लगायत सरोकारवाला सबैमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले अनुरोध गरेको छ ।

ईन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनिय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्विर, श्रव्यदृष्य प्रसारण गरी  विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुन विपरीत हुने कार्यहरु गरेको बारेमा प्राप्त सूचना, उजुरीहरु उपर व्यूरोबाट प्रचलित कानुन बमोजिम कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेको छ ।

 अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनौट नगरी पुन: तिनै भिडियो एवं सामग्रीहरुलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिनुका साथै विभिन्न कानुनमा व्यवस्था भएको गोपनियता संरक्षण लगायतका कानुनी प्रावधानका विपरीत हुने भएको हुँदा सो बारे सचेत हुन अनुरोध गरिएको हो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।