केहि दिनदेखि विवाद र चर्चाको केन्द्रमा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी अन्तत गलेका गलेका छन् । लगातार आक्रोसित र उत्तेजित हुँदै आएका मेयर चौधरीले आत्मआलोचना गर्दै एक विज्ञप्ती जारी गर्दै आफ्नो अभिव्यक्तिका कारण चोट पुगेको भए क्षमायाचना गर्न चाहान्छु भनेका छन् ।
आफुले कुनै गल्ती नगरेका कारण कुनै हालतमा माफी नमाग्ने अड्डी कस्दै आएका चौधरी एकाएक गल्दै माफी माग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । पार्टीका केन्द्रिय तहका नेताहरु शंकर पोखरेल र योगेश भट्टराईले माफी माग्न आग्रह गर्दा समेत मेयर चौधरीले अटेरी गर्दै उल्टै आफूलाई कुरै नबुझी माफी माग्न आग्रह गरेको बताउँदै आएका थिए ।
मेयर चौधरीले नेता योगेश भट्टराईलाई त फेसबुकमा स्टाटस लेख्न बाहेक केहि नआउँने भन्दै टिप्पणी नै गरेका थिए । पछिल्लो समय जनसमर्थन पनि बढाउँदै लगेका मेयर चौधरी अन्तत आफ्नो गल्ती महशुस गर्दै आत्मआलोचना गर्ने ठाउँमा आइपुगेका थिए ।
विज्ञप्तीमा मेयर चौधरीले संचार जगतको भुमिकाको खुलेर प्रशंसा गर्दै संचार जगतको मान मर्दन गर्ने उदेश्यले नभइ आफ्नो अभिव्यक्ति परिस्थितीजन्य आवेगका कारण आएको भन्दै क्षमायाचना सहित आगामी दिनमा संचार जगतको सम्मानमापूर्ण प्रतिबद्ध रहने स्पष्ट पारेका छन्।
विश्वस्त स्रोतका अनुसार पार्टीले दवाव दिएपछि मेयर चौधरी गलेका थिए । कुनै हालतमा नुझुक्ने बताउँदै आएका चौधरीलाई पार्टीले कारवाहीको चेतावनीपछि पछि हटेको विश्वस्त स्रोतको दावी छ । साथ साथै आन्तरिक विश्लेषणमा मेयरलाई उत्तेजित बनाएर नेकपाकै साखमा गम्भिर धक्का पुर्याउने खेल सुरु भएका कारण माफी मागेर माहोल शान्त बनाउँने निर्णयमा मेयर चौधरी पुगेका स्रोतको दावी छ ।
मेयर द्धारिकलालले कान समातेर सय पटक उठबस गर्ने !
केहि दिन सम्म राष्ट्रिय रुपमानै हटकेक विषय बनेको इटहरी उपमहानगरपालिकाका मेयर र पत्रकार विचको लफडा काण्ड अब भने विस्तारै सेलाउँदै गएको छ । रिसले चुर भएका मेयर चौधरी पनि कुल हुँदै गएका छन् भने आरोपीत पत्रकार विराट अनुपम पनि चौतर्फी आलोचना पछि साइजमा आएका छन् ।
यसैविच इटहरीकाण्डले उग्ररुप लिएपछि त्यसको छानविनका लागि नेपाल पत्रकार महासंघले गठन गरेको मिसन टोलीले पनि आफ्नो जिम्मेवारी पूरा गर्दै प्रतिवेदन बुझाएको छ । स्थलगत रुपमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको पत्रकार महासंघको टोलीले इटहरी प्रकरणमा पत्रकार र मेयर दुवै दोषी रहेको निष्कर्ष निकालेको छ ।
पत्रकार विराट अनुपम गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ ।इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ ।
इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो । टोलीले मंगलबार प्रतिवेदन बुझाएको हो ।
मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा भनिएको छ ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासो थुप्रै पाइयो ।’
मिसनको सुझावमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’
विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।
अनुगमनका क्रममा मिसन टोलीले इटहरी उपमहानगरपाकिलाका मेयर द्वारिकलाल चौधरीसँग पनि भेट गरेको थियो । यसक्रममा चौधरीले आफूबाट गल्ती भएको भए कान समातेर उठबस गर्न तयार रहेको बताएका थिए । मिसनले मेयरको समेत कमजोरी देखाएको छ ।
चौधरीसँग भएको छलफल उधृत गर्दै मिसनको प्रतिवेदनको सारांशमा भनिएको छ, ‘द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर कान समातेर सय पटक उठबस गर्न पनि तयार रहेको बताएका छन् ।’




















प्रतिक्रिया