सामान्यतयाःहिमाल आरोहड गर्नेहरुले विन्टर सिजनमा साना हिमाल आरोहण गरेर वसन्त ऋतुका लागि ठूला हिमाल आरोहणको तयारी गर्ने गर्दछन् ।
यसै सन्दर्भमा विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । नेपाल पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । आरोहड गर्ने हिमालमध्ये लुजा पिक चढ्न तीन जना नेपालीले आरोहण अनुमति लिएका छन् ।
त्यस्तै, काङगेरी-२ आरोहणको अनुमति भने एक जना विदेशी आरोहीले लिएका छन् । सरकारले अहिले सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरिसकेको छ । यद्यपि भद्रगोल सरकारको अबस्था, बढ्दो कोरोना भाइरस र क्वारेन्टिनका प्रावधानमा अझै प्रष्ट हुन नसक्दा सोचेजति संख्यामा पर्यटक भित्रन भने सकेका छैनन् ।
यसअघि केहि समय अगाडी मात्र बहराईनका राजकुमारहरुको टोलीले लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहड गरेर फर्किसकेको छ ।




















प्रतिक्रिया