Logo

कोशी प्रदेश

‘गरिबको चमेली बोल्दिने कोही छैन . . .’



आखाँको ज्योति गुमाएकी छोरीका लागि न्याय माग्दै कहिले वडा कार्यालय त कहिले नगरपालिका धाउनु उर्लाबारी– १ की निर्मला ऋषिदेवका लागि दैनिकी नै बनेको छ । एक वर्षदेखि उनी न्याय पाउने आशमा विभिन्न निकायमा एक पटक मात्र होइन, पटकपटक धाइन् । तर अहँ, न्याय पाएकी छैनन् ।

गत वर्ष असार १६ गते छिमेकी १३ वर्षीय सन्दिप माझीले ग्याटिस (रबरको गुलेली)ले हान्दा निर्मलाकी ८ वर्षीया छोरी सरिनाको देब्रे आँखाको ज्योति गुमेको छ ।

छोरीको आँखाको ज्योति गुमेपछि उनलाई स्थानीयहरुले ‘कतै उजुर नगर्नू, न्याय दिलाउँला’ भनेर फकाए । श्रीमानको मृत्यु भएको १३ दिनपछि छोरीको आँखाको ज्योति गुम्दा निर्मलालाई पीडामाथि पीडा थपियो ।

सुकुम्वासी बस्तीमा उनको केही छ भन्नु केवल टाउको मात्र लुकाउन मिल्ने छाप्रो हो। घरको आर्थिक अवस्थासमेत नाजुक भएकी उनले न्यायका लागि चिनेजानेकाहरुसँग हारगुहार मागिन् । तर सबैले आश्वासन मात्र दिए। यसैक्रममा उनी वडाध्यक्ष मछिन्द्रबहादुर कार्कीकहाँ पुगिन्। वडाध्यक्ष कार्कीले छोरीको उपचार गराइदिने सहमति गराइदिएको निर्मला बताउँछिन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।