पछिल्लो निर्बाचनमा नेकपासंग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भादौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ । स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतंत्र समुहको भावी रणनीति तैयार गर्नेमा केंद्रित रहने बताएका छन् ।
पछिल्लो समयमा नारायणी पश्चिमका जिल्लाहरूमा मात्र सीमित रहेको स्वतंत्र समूह हाल पूर्बी जिल्लाहरूमा पनि बिस्तार भई सकेको छ । काठमाण्डौमा हुने बैठकमा किसानहरुको मलखाद्यको समस्या, उखुको उचित मूल्य र भुक्तानिको समस्या तथा नेपाली कस्टमको नया नीति ले नेपाल भारत सीमा क्षेत्रमा उत्पन्न हुन गएको जटिल समस्याको सम्बन्धमा पनि गहन छलफल हुने स्वतंत्र समुहका नेता एवम पूर्व मंत्री ईश्वर दयाल मिश्रले बताएका छन् ।
सीमा क्षेत्रमा देखियेको समस्या समयमा नै समाधान गरिएन भने भारत बाट नेपाल आउने पर्यटकको संख्या घटनुको साथै ब्यापार ब्यवसाय समेत प्रभावित हुने छ । नेपाल भारत सीमा क्षेत्रमा देखिएको बर्तमान अवस्थाले दुबै देशको जनस्तरको सम्बन्धलाई पनिआगामी दिनमा प्रभावित गर्ने निश्चित रहेको र सरकार यसमा सचेत हुनु पर्ने नेता मिश्रले बताएका छन् ।




















प्रतिक्रिया