झापा, मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट १८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित भारत दार्जिलिङ पानी ट्याङ्की बस्ने ४२ वर्षीय गंगु सुब्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र सशस्त्र प्रहरी बल काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त ब्राउनसुगर खरिद गर्ने झापा बुद्धशान्ति गाउँपालिका-३ बस्ने ४७ वर्षीय दिलिप कुमार राजबंशीलाई भारतीय रुपैया २१ हजार सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरु उपर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-१२ चौपत्ताबाट नियन्त्रित लागूऔषध १ हजार ५० ट्याब्लेट नाइट्रोभेट, ४ सय थान स्पास्मो र नगद १४ हजार ४ सय २० रुपैयाँ सहित नवलपरासी प्रतापपुर गाउँपालिका-३ कुटीचोक बस्ने ४० वर्षीय रमन सहनी सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यूपी ५७ सी २२७२ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल सवार उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, जीतपुर सिमरा उपमहानगरपालिका-७ केराढोकास्थित सडकबाट ५ सय ५० बोतल नियन्त्रित लागूऔषध वनरेक्स सहित पर्सा पकहामैनपुर गाँउपालिका-१ धोरे बस्ने २२ वर्षीय जितेन्द्र सहनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुरबाट खटिएको प्रहरीले जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।





















प्रतिक्रिया