Logo

राजनीति

राष्ट्रपति बाइडेनद्वारा कार्यभार सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने वाचा



अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले कार्यभार सम्हालेको १ सय दिनभित्र १० करोड व्यक्तिलाई पुग्ने कोरोना खोप दिने वाचा गरेका छन् । आफ्नो स्वास्थ्य कार्यदलको परिचय गराउँदै कार्यकालको सुरुवाती महिनामा कोरोना महामारी अन्त्य नहुने भए पनि यसलाई अहिलेको बाटोबाट बिपरित बाटोमा मोड्ने रणनीतिमा आफूहरु लागेको उनले दाबी गरेका छन् । 

उनका अनुसार, ‘यस्तो भद्रगोल अवस्थाबाट छिट्टै छुटकारा पाउन कठिन छ तर सय दिनमा यसको बाटो मोडेर अमेरिकी नागरिकको जीवन सहज बनाउन भने सक्नेछौं  उनले थपे, मेरा सुरुवाती १०० दिनमा कोरोना महामारी अन्त्य त हुँदैन तर पनि यसलाई छुटकारा बनाउने रणनीतिमा सफल हुनेछौं । 

बाइडेनले आउँदो जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दैछन् । उनले म‌ंगलबार आफ्नो स्वास्थ्य कार्यदलको परिचय समेत गराएका छन् । यसअघि नै उनले आफूले कार्यभार सम्हालेको सय दिनसम्म सबै अमेरिकी नागरिकलाई मास्क लगाउन पनि आग्रह समेत गरेका छन् ।

बाइडेनले स्वास्थ्य सचिवका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता हाभियर बेसेरालाई मनोनीत गरेका छन् । त्यस्तै डा. विवेक मुर्थीलाई सर्जन जनरलका रुपमा र डा. रोचेल वालेन्स्कीलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) को निर्देशकका रुपमा मनोनीत गरिएको छ ।

त्यस्तै डा. मार्सेला नुनेज स्मिथलाई कोभिड-१९ टास्क फोर्सको अध्यक्षका रुपमा र वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीलाई कोभिड-१९ सम्बन्धी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकारको रुपमा मनोनीत गरिएको छ । त्यस्तै कोभिड-१९ प्रतिकार्य तथा काउन्सिलरको संयोजकमा जेफ जायन्ट्सलाई मनोनीत गरिएको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बुधबार बिहानसम्म १ करोड ५१ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने कोरोनाकै कारण २ लाख ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १२:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।