Logo

रोजगार

राज्यले गर्यो पर्यटन मजदुरहरुको मागमा हस्तक्षेप, पर्यटन बोर्ड मौन



निर्मल लामिछाने। 

पर्यटन मजदुरहरुले बुधबार पर्यटन बोर्डमा तालाबन्दी गर्ने कार्यक्रममा राज्यले हस्तक्षेप गरेको छ ।

रत्नपार्क स्थित शान्ति वाटिकामा बुधबार बिहान मजदुरहरू आफ्नो मागसहित व्यानार लिएर पुगेका थिए । उक्त शिलशिलामा केहि मजदुरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति मजदुरहरूले दुख व्यक्त गरेका छन् ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोनाको परिस्थिति आए संङ्गै साहसिक पर्यटन क्षेत्रका श्रमिकहरु एक बर्ष देखि रोजगार बिहिन बनेका छन । यो रोजगार बिहिनताको समस्यालाई समाधान गर्न नेपाल पर्यटन बोर्डले साहसिक पर्यटन श्रमिकहरुलाइ लक्षित गरि गएको श्रावण २९ गते विभिन्न ३ वटा स्थानीय तह संङ्ग सहकार्य गर्ने गरि परिपत्र गरेको थियो ।

उक्त परिपत्र अनुसार पर्यटन क्षेत्रका क्रियासिल ट्रेड युनियनहरुले यो व्यवस्था पर्यटन श्रमिक मैत्री नभएको प्रति असहमति जनाउदै २०७७ भाद्र १ गते नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यस पश्चात स्थगित भएको उक्त कार्यक्रम नेपाल पर्यटन बोर्डले स्थान परिवर्तन गरि पोखरा महानगरपालिकाको कास्कीकोटमा पदमार्ग मर्मत तथा सरसफाई कार्यक्रमको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिकहरुलाइ प्राथमिकतामा राखिएको छैन भने अर्को तर्फ सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको बिचमा सामुहिक सौदाबाजीबाट तय भएको न्युनतम पारिश्रमिकको समेत बेवास्ता गरिएकोजनाईएको छ ।

यस बिषयमा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) , अखिल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल, समाजबादी पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले संयुक्तरूपमा २०७७ मंसिर १९ गते ४८ घण्टे अल्टिमेटम पत्र नेपाल पर्यटन बोर्डमा बुझाए पनि कुनै सुनुवाइ नभएको कारण पर्यटन क्षेत्रका क्रियासिल ट्रेड युनियनहरु बाध्य भएर २०७७ मंसिर २४ गते नेपाल पर्यटन बोर्डमा तालाबन्दी गर्न भृकुटीमण्डपमा पुगेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।