ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या १ लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७९ हजार ९९५ जनाको मृत्यु भएको छ । त्यसैगरी त्यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा ५३ हजार ४५३ जनामा संक्रमण देखिएको पुष्टि भएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
दक्षिण अमेरिकी यस देश कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६७ लाख २८ हजार ४५२ जना सङ्क्रमित फेला परिसकेका छन् । ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घण्टामा ८३६ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ ।
केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उनको विरोध भएको हो । त्यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि बृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् ।




















प्रतिक्रिया