फुटबल स्टार डिएगो म्याराडोनाको तस्बिर नोटमा छाप्नका लागि अर्जेन्टिनी सिनेटरले अर्जेन्टिनी कँग्रेसमा प्रस्ताव पेश गरेका छन् ।
सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्ने म्याराडोनाको गत नोभेम्बर २५ मा हृदयघातका कारण निधन भएको थियो ।
फुटबलका महान खेलाडी तथा अर्जेन्टिनालाई विश्व माझ चिनाउन सफल म्याराडोनाको तस्बिर नोटमा छापिनुपर्ने भन्दै सिनेटर नोर्मा दुरांगोले कँग्रेसमा आफ्नो प्रस्ताव पेश गरेका हुन् ।
हजार पेसोमा म्याराडोनाको तस्बिर छापिनुपर्ने उनको भनाइ छ । स्मारक टिकटहरुमा पनि म्याराडोनाको सम्झनाका लागि तस्बिर छापिनुपर्ने उनको भनाइ छ ।





















प्रतिक्रिया