Logo

सुरक्षा/अपराध

भरुवा बन्दुक सहित पक्राउ तथा सालको कडी बरामद    



बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ बर्षीय बीर बहादुर रावललई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले बीर बहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

साथै बराहताल गाउँपालिका–६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३ सय २७ थान चिरान सालको कडी समेत बिहीबार दिउँसो प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि बड्डीचौर सबडिभिजन बन कार्यालयमा बुझाएको छ । 
हाल फरार भएका राजी र थापाको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १३:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।