Logo

मृतअबस्थामा ३ जना फेला



झापा, मेची नगरपालिका-१३ शान्ति टोलस्थित पतिमिल भित्र सोही नगरपालिकास्थित चारआली बस्ने ईलाम मंगलबारे घर भएका ४० वर्षीय कुमार शेर्पा बुधबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

रोल्पा, सुनिलस्मृती गाउँपालिका-३ खारा बस्ने ३८ वर्षीय निमबहादुर घर्ती सोही गाउँपालिका-४ सिर्मे भीरको बाटोबाट  करिब ३ सय मिटर तल खसेर बुधबार बेलुका मृत्यु भएको अवस्थामा फेला परेका छन् । मङसिर २८ गते भारतबाट घर फर्कने भनी परिवारलाई जानकारी गराएकोमा घर नआईपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

दार्चुला, लेकम गाउँपालिका-५ रिठा बस्ने जगदिस बोहरा सोही ठाउँ स्थित जयपुरको भिरबाट लडी बुधबार बेलुका मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।