Logo

सुरक्षा/अपराध

लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ



बाँके,  कोहलपुर नगरपालिका-११ एनटिभी रोडबाट ४४ ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो र १ थान डिजिटल काँटा सहित सोही नगरपालिका-१२ चप्परगौडी बस्ने ४५ वर्षीय ईन्द्रमणी गौतमलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त धुलो पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको  हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० खल्लाबाट बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय मुकेश भट्ट समेत २ जनालाई करिब ८ सय २० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ स्थित खटिएको प्रहरीले म.२ प ७६ नम्बरको मोटरसाइकल जाँच गर्ने  क्रममा मोटरसाइकल सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १३:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।