चीनको वुहानबाट सुरु भइ विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का संक्रमति नेपाल पनि बढिरहेका बेला सरकारले फेरी अर्को ठुलो निर्णय गरेको छ ।
सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।
सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।





















प्रतिक्रिया