Logo

समाचार

म्याग्दीका कोरोना भाइरस संक्रमित ४५ दिने शिशुको मृत्यु



कोरोना भाइरस संतक्रमि ४५ दिनको शिशुको मृत्यु भएको छ ।

म्याग्दी घर भएका ति शिशुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनको वुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको बताइएको छ ।

अचानक घाँटीमा समस्या देखिएका ति शिशुको असार १५ गते आकस्मिक शल्यक्रिया गरिएको थियो । उनको स्वाबको परीक्षणमा असार १६ मा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।