Logo

समाचार

कोरोनाबाट काठमाडौंमा एक वृद्धको मृत्यु



कोरोना भाइरस संक्रमणकाबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बानेश्वरका ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।मृत्यु भएका ती वृद्ध उच्च रक्तचाप र पार्किन्सनको बिरामी थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।