भक्तपुर स्थित सिद्धि स्मृति अस्पतालमा कार्यरत २१ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको पठाएकोमा २१ जनामा कोरोना पोजिटिभ देखिएको थियो।
३९ जना मध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पातलका सम्पूर्ण सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार २१ जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएसँगै खरिपाटी आइसोलेसनमा राखिएको जनाएका छन् ।




















प्रतिक्रिया