तपाँई विद्यार्थी हुँदा पूर्णाङ्क बराबर नै उर्तिणाङ्क नम्बर ल्याउनु भएको छ ? वा अरु कसैले ल्याएको थाहा पाउँनु भएको छ ? तर भारतमा यस्तो चमत्कार भएको छ ।आज भारतमा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई)ले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्यो । यस परीक्षामा लखनऊको नवयुग रेडियन्स स्कूलका दिव्यंशी जैनले कुल ६०० नम्बरको परीक्षामा ६०० अंक नै ल्याएर कीर्तिमान बनाएकी छिन् ।
दिव्यंशीले आफुले यस्तो नतिजा आउँछ भनेर सपनासमेत देखेकी थिइनन् । उनले हाई स्कूलमा ९७.६० प्रतिशत अंक प्राप्त गरेकी थिइन् । प्रयागराज क्षेत्रका ८२।४९ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । ती मध्ये दिव्यंशीले अधिकतम अंक प्राप्त गरेकी हुन् । सीबीएसईका क्षेत्रीय अधिकारी श्वेता अरोड़ाले भने, ‘उनले भूगोल बाहेक सबै परीक्षामा भाग लिइन् । भूगोल कोरोनाको कारण रद्द गरियो ।
मलाई दिव्यंशीप्रति गर्व छ ।’ विद्यालयका प्रधान अध्यापक बी.पी. सिंहले भने, ‘हामीलाई विश्वास थियो कि उनी शीर्ष स्थानमा आउनेछिन् ।’ विद्यालयका प्रबन्धक सुधीर हलवासियाले दिव्यंशीले दिएको सफलतामा गौरव महसुस गरेको बताएका छन् । दिव्यंशीले इतिहास, अंग्रेजी, संस्कृत, भूगोल, अर्थशास्त्र र बीमा गरेर ६ विषयमा १०० का दरले ६०० नम्बर ल्याउन सफल भएकी हुन् ।
इतिहास: 100/100
अंग्रेज़ी: 100/100
संस्कृत: 100/100
भूगोल: 100/100
अर्थशास्त्र: 100/100
इंश्योरेंस: 100/100रिज़ल्ट: 100%
सीबीएसई 12वीं क्लास के नतीजे आए, लखनऊ की दिव्यांशी जैन का कमाल…
वीडियो: समीरात्मज मिश्र, बीबीसी हिन्दी के लिए pic.twitter.com/YWZA1BT8LB
— BBC News Hindi (@BBCHindi) July 13, 2020




















प्रतिक्रिया