Logo

समाचार

मन्त्री बिना मगरको दाबीले हावा खाएपछि…



मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणको क्रममा १ नम्बर गेट फुट्दा आएको बाढीमा २ जना बेपत्ता भएका छन् । बाढीमा बगेका दुई जनाको पनि घाइते अवस्थामा उद्दार गरी अस्पताल पुराइएको छ ।

मंगलबार दिउँसो पानी भरिएको सुरुङको गेट फुटेपछि आएको बाढीमा ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र २५ बर्षिय इन्जिनियर सतिस गोईत बेपत्ता भएको कर्मचारीहरूले बताएका छन् ।

बाढीले बगाएका आयोजनामा कार्यरत इन्जिनियर शेखर खनाल र स्थानीय श्रमिक पेम्बा शेर्पालाई उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । बाढीले बा१झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । एक साता अघि मात्र सुरुङमा पानी खसाएर मेलम्चीको परिक्षण गरिएको थियो ।

सो विषयमा खानेपानी मन्त्री बिना मगरले पत्रकार सम्मेलन गरेरै मेलम्ची सपना पूरा भएको बताएकी थिइन् । बाढी आउन सक्ने चिन्ता र चासोलाई खारेज गर्दै उनले ति सबै अफवाह भएको बताएकी थिइन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १५:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।