विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणबाट महोत्तरीका ६४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । गए राती होत्तरी गाउँपालिका–३ मडही घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको हो।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको महोत्तरी स्वास्थ्य कार्यालयका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए । उनी सरकारी सेवाबाट अवकाश प्राप्त व्यक्ति भएको जनाइएको छ ।
१५ दिन अघि रुघाखोकीले सताएपछि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँच गराएको र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पतालले धरान रेफर गरेको थियो ।
धरानमा पीसीआर गर्दा उनमा कोरोना पुष्टि भएको स्वाथ्यकर्मीले जनाएका छन । उनमा कोरोना पुष्टि भएको दाोस्रो दिनमा नै निधन भएको हो। नेपाली सेनाको टोलीले उनको शवलाई व्यवस्थापन गरिसकेको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ।




















प्रतिक्रिया