इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले उत्कृस्ट प्रदशन गर्दै शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ६-२ गोलको फराकिलो अन्तरले हराएको हो ।
युनाइटेडको जीतमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले २-२ तथा डानियल जेम्स र भिक्टर लिन्डेलफ १-१ गोल गरे । लिड्सका लियाम कूपर र स्टुआर्ट डलासले १-१ गोल फर्काए ।
६६औं मिनेटमा म्याकटोमिनेको पासमा ड्यानियल जेम्सले गोल गरेपछि युनाइटेड फराकिलो जीततर्फ अग्रसर भएको थियो । ७०औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ६–१ ले अघि बढाए । स्ट्रजिकले मार्सियाललाई पेनाल्टी बक्समा फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
७३औं मिनेटेमा रापिन्हाको पासमा डलासले गोल गर्दै खेललाई ६–२ को अवस्थामा ल्याए ।
जीतसँगै युनाइटेड १३ खेलबाट २६ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलको शीर्षस्थानको लिभरपुलको ३१ तथा लेस्टर सिटीको २७ अंक छ । पराजित लिड्स १७ अंक जोडेर १४औं स्थानमा छ ।





















प्रतिक्रिया