Logo

सुरक्षा/अपराध

१३ थान भरुवा बन्दुक बरामद



बाग्लुङस्थित विभिन्न स्थानबाट आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद भएको छ ।

बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका-९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान (१ थान बेसाबुत समेत) भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।