Logo

प्रमुख समाचार

अस्पतालले भर्ना लिन नमान्दा मृत्यु भएकी वीरगन्जकी २० वर्षीया युवतीमा कोरोना पुष्टि



अस्पतालले भर्ना लिन नमान्दा मृत्यु भएकी वीरगन्जकी २० वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति उनको मृत्यु भएको थियो ।
नारायणी अस्पतालका सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्ट अनुसार उनमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए।

ती महिलालाई पहिला वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल , वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।

अन्तिममा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा समेत उपचार नभएको आफन्तको गुनासो छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १४:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।