आँखामा जब राखियो रहर सुरु देखिनै।
मधुरा नबनोस कसैका नजर सुरु देखिनै।
सब चिजको सुरुवात र अन्त्य एउटै हुदैन।
गौतम बुद्ध मापनि थिएनन् डर सुरु देखिनै।
ज्ञान ध्यान र त्याग तपस्या नै ठूलो हो हजूर।
तिमी बुद्ध जस्तै बनदेउ सकभर सुरु देखिनै।
बतासलाइ सराप्नु अघि तिमी सोच्नु पर्छ।
कमजोर हुन्छ बालुवको घर सुरु देखिनै।
यो सफरमा आएर हामी अचानक भेटियौ।
अब गर्नु छ मिलेर हामी सफर सुरु देखिनै।















प्रतिक्रिया