Logo

प्रमुख समाचार

तीन जना कोरोना संक्रमितको मृत्यु



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार ११ बजे सम्म तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन अस्पतालमा उपचारार्थ जनकपुरकी ३८ वर्षीया महिला रहेकी छिन् । उनी यही साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

त्यस्तै ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ११:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।