बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको उपरचारको क्रममा मृत्यु भएको छ । उपचारका क्रममा कपिलबस्तुको कृष्णनगर १२ का २५ वर्षीय पुरुष र तौलीहवाका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. बिष्णु गौतमले जानकारी दिए।
मृत्यु भएका दुई जना पुरुष मध्ये एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । भने अर्का पुरुषको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । साउन २५ गते उपचारका लागि कारोना अस्पताल बुटवल ल्याइएका ४२ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ छ।
उनलाई सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति देखि स्वास्थ्यमा थप समस्या देखिएको र मृत्यु भएको डा.गौतमले बताए।




















प्रतिक्रिया