भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गए राति गरिएको कोरोना पीसीआर परीक्षणमा अस्पतालका सुपरिटेण्डेन्ट डा. तिवारी सहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी संक्रमित चिकित्सकहरुको अवस्था सामान्य रहेको जनाएका छन् ।




















प्रतिक्रिया