Logo

प्रमुख समाचार

दुई डिआईजीलाई कोरोना संक्रमण पुष्टि



नेपाल प्रहरी अस्पतालका महाराजगंञ्जमा कार्यरत दुई जना डिआइजीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले दुई जना प्राविधिक तर्फका डिआइजीमा पनि संक्रमण देखिएको बताए । अहिले उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए।

बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो। उनीहरूको रिपोर्ट शनिबार बिहान आएको थियो। हेडक्वार्टरमा मात्र हाल सम्म एक सय ५५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै नेपालभर हाल सम्म ६ सय २० जना प्रहरीमा कोरोना भाइरस संक्रमित रहेका छन् भने २ सय ४० जना उपचार पश्चात निको भई घर फर्किएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार १३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।