Logo

समाचार

शिवालयहरु बन्द हुँदा तीज पर्व घर-घरमै मनाइँदै



हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि र विवाहित महिलाहरू अटल सौभाग्यको कामनाका साथै सन्तान प्राप्तिका लागि तीजको व्रत बस्ने प्रचलन गरेको छ ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक गर्ने गर्दछन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।