Logo

अन्तर्राष्ट्रिय

दुई वर्षभित्रै कोरोना नियन्त्रण हुन्छ : डब्ल्यूएचओ



विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन सक्ने बताएको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् ।

भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको उनले बताए । तर, हालको विकसीत विज्ञान र प्रविधिका कारण कोरोना महामारी नियन्त्रण सफल हुने धेरै सम्भावना रहेको टेड्रोसले बताए ।

सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म दुई वर्ष लामो समयमा फैलिएको स्पेनिस फ्लु नियन्त्रणमा निकै कठिनाइ भएको थियो । उक्त महामारीले विश्वभरका २ करोड मानिसको ज्यान लिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार ०९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।