साथी सहिदलाई सम्मान दिएर जाऊ
आशाको एउटा किरण लिएर जाऊ
उनको जस्तै मन छिया-छिया होला
बनाएर कसिलो मुटु सिएर जाऊ
अनुहारमा क्रान्ति, मनमा शान्ति ल्याउन
झुपडीबाट दुई थोपा आँसु पिएर जाऊ
धिक्कार्लान फेरि पवित्र आत्माहरूले
सधैंका लागि समाजमा जिएर जाऊ
कति आफ्नै लागि मात्र तन्कि रहन्छौ
समाजका लागि अलिकता खिएर जाऊ।
(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)















प्रतिक्रिया