प्रहरीहरु सुन तस्कर समाउन पछिल्लो समय विभिन्न विधिहरु अपनाई रहेका छन् । विदेशबाट अबैध रुपमा सुन आयात गर्ने तस्करहरुले पनि नयाँ विधि अपनाई रहेका हुन्छन् ।
सोहि क्रममा भारतिय प्रहरीले सुन बरामद गरेको छ । प्रहरीले बरामद गरेको सुन उनीहरुलाई समेत छक्क पार्ने गरि तस्करी हुदै थियो । ओमनबाट आएको विमानका यात्रुलाई भारत जयनगरको विमानस्थलमा भन्सार विभागका कर्मचारीले नयाँ तरिकाबाट हुन लागेको तस्करीको सुनसहित नियन्त्रणमा लिएर छानबिन थाले ।
यो मंगलबार बिहानको कुरा हो । उनी ओमानको मस्कटबाट आएका २८० ग्राम सुनको फाइल बनाएर ल्याएका थिए । जसमा बाहिरबाट कागजले बेरिएको थियो । उनीहरुले फाइल च्यातेपछि सुन भएको पत्ता लगाएका थिए । उक्त सुनको मूल्य १० लाख भारतीय रुपैयाँ छ । -एजेन्सी




















प्रतिक्रिया