Logo

पत्रपत्रिका

नेकपाका नेताले आफ्नै मन्त्रीलाई दिए सामाजिक सञ्जाल मार्फत हाने झटारो



आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष

पूर्व शिक्षामन्त्री धनीराम ‘डीआर’ पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत् कटाक्ष गरेका छन् ।

यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो ।

बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ– ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?’ । नेपाल समाचारपत्र

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ०२:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।