मंगलवार बेलायतमा एकैदिन ५३ हजार १३५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै बेलायतमा संक्रमित हुनेको संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ ।
मंगलबार थपिएको संक्रमितको संख्या हालसम्मकै उच्च रहेको बेलायती स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै मंगलवारमात्रै बेलायतमा ४१४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ७१ हजार ५६७ जनाको मृत्यु भैसकेको छ ।
त्यस्तै गत सोमवार बेलायतमा ४० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका थिए । पछिल्लो समय बेलायतमा संक्रमितको संख्या थपिने क्रम बढ्दै गएको पाईएको छ ।




















प्रतिक्रिया