Logo

प्रमुख समाचार

९० प्रतिशत जनताले मुख्य मन्त्री पौडेललाई दिए यस्तो चेतावनी



प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पार्टी हाइकमाण्डलाई प्रभावमा पारेर हेटौडालाई स्थायी राजधानी तोक्ने तयारी गरे पछि उनको विरोध सुरु भएको छ । नेकपाकै नेता कार्यकर्ता पौडेलको विरोधमा खुलेर उत्रिएका छन् ।

९० प्रतिशत जनताको मागलाई वेवास्ता गर्दै आफ्नो निर्वाचन क्षेत्र जोगाउँन मख्यमन्त्री पौडेलले नैतिकता सति लान खोजेको भन्दै चर्को आलोचना भएको छ ।

देउवा सरकारले प्रदेश ३ का अधिकांश जिल्ला मध्य अपायक पर्ने हेटौडालाई अस्थायी राजधानी तोके देखिनै असन्तुष्टी हुँदै आएको मा मुख्यमन्त्री पौडेलको डिजाइनमा स्थायी राजधानी नै हेटौडा तोकिन लागे पछि सत्तारुढ नेकपा भित्रनै असन्तुष्टिको पहिरो गएको छ ।

प्रदेश सभाका सांसदहरुले स्वतन्त्र मतदान बाट प्रदेशको नाम र राजधानी टुगों लागाउन माग गरिरहेका छन् । सांसद र जनताको आवाज सुन्नु भन्दा पनि मुख्यमन्त्री शक्ति केन्द्र धाएर हेटौडालाई स्थायी राजधानी बनाउँने कसरतमा लागेका छन् ।

स्वतन्त्र मतदानमा जाँदा कुनै हालतमा हेटौडा राजधानी बनाउँन नसकिने बुझेका पौडेलले ९० प्रतिशत जनताको भावनामा लात हान्दै आफ्नो निर्वाचन क्षेत्र मात्र जोगाउँन खोजेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।

सत्तापक्षकै एक नेताले हामीसँग कुराकनी गर्दै दुरगामी विषयमा निर्णय गर्दा विवेक प्रयोग गर्दै संयमता अपनाउँन आग्रह गरेका छन् । साथै उनले शक्ती केन्द्रको आडमा पेलेर जान खोजे ११ जिल्लाका ९० प्रतिशत जनताले मुख्यमन्त्री पौडेललाई लखेट्न नपरोस् भनेर चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।