Logo

राजनीति

प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पताल भर्ना



पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । लामो समयदेखि अस्वस्थ रहेकी उनलाई आज मेडिसिटी अस्पतालमा भर्ना गरिएको दाहालकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले फेसबुकमा लेखेकी छन् “मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी।’

संसद बिघटनः यी नेतालाई मौका

प्रतिनिधिसभा बिघटन नभएको भए चुनाव हारेकाहरु मन्त्री बन्ने कुनै सम्भावना थिएन । प्रदेशसभाको चुनाव हारेका दावा लामा मन्त्री बन्ने थिएनन् । तर, प्रतिनिधिसभा बिघटनसँगै नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको फाइदा कतिपय नेताहरुलाई मिलेको छ ।

नेकपा विभाजनको फाइदा माधवकुमार नेपाललाई पनि पुगेको छ । नेकपा एक हुँदा पार्टीको वरियतामा चौंथो स्थानमा रहेका उनी विभाजनसँगै अध्यक्ष भएका छन् ।
नेकपा विभाजनको फाइदा लिनेमा मणिचन्द्र थापा पनि हुन् । उनी ओली समूहमा पुगेर खानेपानीमन्त्री बनाइएका छन् । दावा लामा रामबहादुर थापा बादल पक्षधरबाट मन्त्री बने । यो उनका लागि सायद अनपेक्षित नै थियो ।

टोपबहादुर रायमाझीले ऊर्जामन्त्री बन्ने मौका पाए । प्रभु साह शहरी विकास मन्त्री बनाइए । गौरीशंकर चौधरी पनि श्रममन्त्री बनाइए । यी सबै पूर्व माओवादीका थिए ।
जुलीकुमारी महतोले पनि मन्त्री बन्ने मौका पाइन् । गणेशसिंह ठगुन्ना र प्रेमबहादुर आलेलाई पनि नेकपा विभाजनले मन्त्री बन्ने मौका मिल्यो ।

नेकपा विभाजनपछि राजनीतिक लाभ लिने सम्भावना बोकेकाहरुमा भीम रावल, सुरेन्द्र पाण्डे र जर्नादन शर्मालगायतका नेताहरु पनि छन् । उनीहरु नेकपा प्रचण्ड समूहको महासचिव बन्ने दौडमा छन् । भविष्यमा सचिवालयमा लगिने सम्भावना समेत बोकेका छन् । वर्षमान पुन पनि सचिवालयमा पुग्ने सम्भावना बोकेका नेता हुन् ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।