पाकिस्तानमा बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको लाहोरस्थित सुफी दरगाह दाता दरबारको बाहिर भएको बम विस्फोटमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको हो । स्थानीयका अनुसार धमाकामा कैयौं व्यक्ति घाइते भएको आशंका गरिएको छ ।
रिपोर्टमा जनाइएअनुसार विस्फोटमा प्रहरीको वाहन समेत परेको छ ।
सो विस्फोटपछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरीहरु पुगेका छन् । उनीहरुले सो क्षेत्रमा खानतलासी लिइरहेका छन् । सो आक्रमणको यो समाचार तयार पर्दासम्म कसैले पनि जिम्मेवारी लिएका थिएनन् ।
दाता दरबार दरगाह दक्षिण एशियाकै सबै भन्दा पुरानो दरगाहका रुपमा चिनिन्छ । त्यहाँ हजारौं मानिस दैनिक दर्शनका लागि जाने गरेका छन् । दर्शन गर्न जानेमा सुन्नी र शिया मुसलमान मात्रै होइन गैरमुसलमान समेत जाने गरेको बताइने गरेको छ । यो आक्रमण रमजानको पर्व चलिरहेको बेलामा भएको छ । लाहोर पकिस्तानको दोस्रो ठूलो शहर हो ।

















प्रतिक्रिया