Logo

लुम्बिनी प्रदेश

सुशासन अभियान गुल्मीले सामाजिक परिक्षण कार्यक्रम गर्दै



ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध संस्था सुशासन अभियान गुल्मीले जिल्लाको एक विद्यालयमा सामाजिक परिक्षण कार्यक्रम गरेको छ । सुशासन अभियान गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ४ मा रहेको सेउघा आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम गरेको हो ।

सुशासन अभियान मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम गरिएको कार्यक्रम अधिकृत अञ्जना अधिकारीले जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीलाल पन्थीको अध्यक्षतामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

सुशासन अभियान गुल्मीका सचिव विनोद पाण्डेयले एलाक आउटरिच कार्यक्रम बारे जानकारी दिए । उक्त कार्यक्रममा विद्यालयका शिक्षक अभिभावाक संघका अध्यक्ष टोपेन्द्र थापा मगरले विद्यालयको अवस्थाको बारेमा प्रकाश पारे । त्यसैगरी प्रधानाध्यापक कमला गौतमले विद्यालयका हालसम्मको आय–व्यय विवरणका साथै विद्यालयको गतिविधि प्रस्तुत गर्नु भएको हो ।

सुशासन अभियान गुल्मीको तर्फबाट लेखापरीक्षक परशुराम पन्थीले आर्थिक कारोबारहरुको अध्ययन गरि विद्यालयको लेखा पारदर्शी भएको बताउँदै शिक्षक दरबन्दी कम भएको, आधुनिक भौतिक पूर्वाधारहरुको कमी रहेको र विषयगत स्थायी शिक्षकको सम्बन्धीत निकायमा माग राख्नुपर्ने सुझाव समेत दिएका छन् । सुशासन अभियान गुल्मीका उपाध्यक्ष ढुण्डीराज पोख्रेलले शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक परामर्श सहितको मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका भौतिक अवस्था, विद्यार्थीहरुको भर्ना, विद्यालयमा रहेका समस्या तथा सामाधानका उपाएहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पद्याधिकारी, अभिभावक संघका सदस्यहरु, शिक्षक शिक्षिका, सरोकारवाला व्यक्तिहरु लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार ०९:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।