बर्दियामा आफनै सुविधा सम्पन्न हल हुदाहुदै जिल्ला समन्वय समिति बर्दियाले होटलमा कार्यक्रम गरेको भन्दै आलोचना भएको छ । जिल्ला समन्वय समिति बर्दियाको दोस्रो जिल्ला सभामा बोल्दै अधिकास वक्ताहरुले जिल्लाको विकास सगसगै आफनै सुविधा सम्पन्न हल हुदा हुदै रिसोर्टमा कार्यक्रम राख्नु कमिसनको गन्ध आएको बताएका हुन् ।
बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा भएको दोस्रो सभामा बोल्दै राजपाका नेता केशव यादवले आफनै सुविधा सम्पन्न हल हुदा हुदै पनि महगोंमा होटलमा कार्यक्रम राख्नु पर्ने आवश्यक नभएको बताए । कार्यक्रममा जिल्लाको विकासका लागी एक भएर जाने भनिएतापनि व्यवहारमा त्यो नदेखिने गरेको सभामा सहभागी एक नेताले बताए ।
कृष्णसार रिसोर्टमा कार्यक्रम राख्दा लाखौ रुपैयाको खर्च भएको देखिन्छ , करिव एक सए जना सहभागी भएको कार्यक्रममा एक जनाको खाना करिव करिव एक हजार रुपैयाको पर्न गएको छ । भने हल भाडा अलग्गै राखिएको छ ।

स्थनिय वासीका अनुसार अहिले मनपरी भैरहेको बताएका छन । कम रकममा आफनै हलमा कार्यक्रम राख्न सकिने हुदा हुदै पनि होटलमा कार्यक्रम राख्नु कमिसनको चलखेल भएको बताएका छन । यस विषयमा बुझदा जिल्ला समन्वय समितिका प्रमुख शखर थारुले कार्यलयमा रहेका हललाई मर्मत गरिहेको हुदा बाध्य भएर बाहिर कार्यक्रम राख्नु परेका बताए ।
कृष्णसार रिसोर्टका संचालक नगेन्द्र रिजालले करोडौको लगानिमा आफुले रिसोर्ट संचालन गरेको बताएका छन । रिसोर्टमा एक लिटरको मिनिरल बाटरको मुल्य ४० रुपैया पर्दछ । पछिल्लो पटक वर्दियाका स्थानिय तहले आफनै सुविधा सम्पन्न हल हुदा पनि होटलमा एसी सहितको हलमा कार्यक्रम राखेर कमिसन कुम्ल्याउने गरेको बताइन्छ ।




















प्रतिक्रिया