बर्दियामा यो गर्मि मौसम छल्न कहिले काहि आधुनिक सुविधा सम्पन्न होटलमा रहेको स्वीमिङ्ग पुलमा तपाई स्वीमिङ्ग गर्न जानुहुन्छ , तर तपाईले कहिलै ख्याल गर्नु भएको छ स्वीमिङ्ग पुलमा रहेको पानि कति स्वच्छ छ भनेर , दिन दिनै , हप्ता वा महिना मा कति चोटि पानि फेरिन्छ यस विषयमा हामि खोजनिती गर्दैनौ , जसका कारण सरीरमा विभिन्न किसिमका रोगहरु लाग्न सक्छन ।
बर्दियाको गुलरियामा रहको कृष्णसार रिसोर्टमा स्वीमिङ्ग पुलको व्यवस्था छ, आजभोली दैनिक जसो त्यहा भिड हुने गर्दछ विहान र बेलुकाको समयमा, त्यहि भिडको लाभ उठाउदै रिसोर्ट संचालकले भने स्वीमिङ्गको पानि चेन्ज नगरेका कारण एकैदिन पौडि खेल्दै गरेका ३ जना विरामी भए, उनिहरुमा शरिर चिलाउने, निरन्तर खोकि लाग्ने, शरिरमा स-साना विविरा घाउ जस्तो आउने भएपछि भोली पल्ट अस्पताल पुगेका उनिहरुले थाहा पाए स्वीमिङ्ग गर्दा यस्तो हालत भएको । त्यति मात्र होइन पानिमा पुकार, मेघा श्री जस्ता सुर्ति जन्य पदार्थको गन्ध समेत आउने गरेको छ ।

स्वीमिङ्गको पानि सफा नभएकै कारण यस्तो समस्या आएको हो । अहिले बर्दियामा ४२ डिग्रि देखि माथिको तापक्रम छ गर्मि अझै वढदै गएको छ, गर्मि छल्न व्यापारी, ठेकेदार स्थानिय जनप्रतिनिधि तथा अन्य सर्वसाधारण नागरिक कृष्णसार रिसोर्टमा स्वीमिङ्ग गर्न जान्छन । रिसोर्टमा वालवालिकाको लागी पनि स्वीमिङ्गको व्यवस्था रहेको छ ।
स्वीमिङ्गको पानि कारण मानिस विरामी भएपछि रिसोर्ट संचालक नगेन्द्र रिमालले गर्मि मौसम भएको हुदा केहि मात्रामा केमिकल मिसाएर पानि चेन्ज गर्ने गरेको बताए । “कुनै मानिसको सरीरमा सुट नगर्ने हुदा केहि मानिसमा सरीर चिलाउने , सरीरमा विविरा निस्कने जस्तो देखिएको हो ” तर आफुहरुले पानि समय समयमा चेन्ज गरेको रिमालले दावि गरे ।
कृष्णसार रिसोर्ट गुलरिया बजार देखि करिब २ किलोमिटर दक्षिण पश्चिम तर्फ रहेको छ । विच खेतमा रहेका कारण स्वीमिङ्ग गर्ने स्थानमा कहिले काहि सर्प समेत देखा पर्ने गरेको छ । पछिल्लो पटक त्यहा पानि फोहरको कुरा आइरहेको बेला सर्प समेत स्वीमिङ्ग गर्ने स्थानमा देखिएको थियो ।

गर्मि मौसम बढदै जादै जमिन भित्र लुकेर वसेका विषालु सर्प वाहिर निस्कने गरेका छन । जसले गर्दा स्वीमिङ्ग गर्न जादा वा वच्चाहरुलाई लैजादा आफु र वच्चाको ज्यान नै जोखिममा हुने देखिन्छ ।
प्राय जसो बेलुका पख बढि भिडभाड हुने भएका कारण आफु र बच्चाको ख्याल राख्नु जरुरी देखिन्छ । रिसोर्टको वरीपरी खेत भएका कारण पनि सर्प लगायतका विषालु जन्तुहरु देखिएका हुन । रिसोर्टमा व्यवस्थित पर्खाल नभएका कारण पनि यस्तो अवस्था आएको हो । अव तपाइ आफु र वच्चालाई लियर कृष्णसार रिसोर्टमा स्वीमिङ्ग गर्न जादै हुनुहुन्छ भने एक पटक सोच्नु पर्ने बेला आएको छ ।
स्वीमिङ्ग पुल वरिपरी देखिएको सर्प
सवै फोटो दिपक शर्मा




















प्रतिक्रिया