Logo

लुम्बिनी प्रदेश

गुल्मीमा आयुर्वेद सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न



गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आयुर्वेद कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र, तम्घास गुल्मीको आयोजनामा अभिमुखिकरण सम्पन्न भएको हो ।

प्रदेश नंं. ५ को सामाजिक विकास मन्त्रालयको आर्थीक सहयोगमा अभिमुखिकरण गरिएको ५ नं. प्रदेश आयुर्वेद चिकित्सा डाक्टर कलावती विश्वकर्माले जानकारी दिएका छन् । जिल्लाका प्राय स्थानीय आयुर्वेद सम्बन्धि अनविज्ञ रहेको र हरेक गाउँ–गाउँमा आयुर्वेद सेवा पुराउने भन्दै यो अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको डाक्टर विश्वकर्माले बताएका छन्

हरेक स्थानिय तहमा आयुर्वेद पु¥याएर सेवा प्रदान गर्नको लागि, आयुर्वेद भनेको जडिबुटी मात्रै हो भन्ने मान्यता हटाउनको लागि, गाउँ–गाउँमा यस सम्बन्धी कार्यक्रम संचालन गर्नुपर्ने, गाउँघर क्लिनिक संचालन गर्न लगायतका बिषयलाई लिएर कार्यक्रम गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रकी डाक्टर ललिता पौडेलले जानकारी दिइन् ।

प्रदेशले “एक घर पाँच आयुर्वेद“, “जडिबुटी पहिचान” जस्ता थुप्रै कार्यक्रम सामाजिक विकास मन्त्रालय मार्फत गर्न थालेको पनि अभिमुखिकरणमा जानकारी गराइएको हो ।

अभिमुखिकरणमा स्थानियतहका प्रमुखहरु र आयुर्वेद बिज्ञहरु बिच छलफल भएको हो । गुल्मीका स्थानिय तहरुमा के–कसरी आयुर्वेद सेवा प्रदान गर्ने, गाउँघर क्लिनिक कसरी संचालन गर्ने, आयुर्वेद सम्वन्धि स्थानियमा ज्ञान कसरी दिने भन्ने बिषयमा पनि जनप्रतिनिधि र आयुर्वेद डाक्टरहरु बिच छलफल भएको हो ।

छलफलले आयुर्वेद सेवाका कार्यालय नभएको ठाउँमा कार्यालय स्थापना गर्ने, भएका स्थानिय तहमा अझ बढी सुविधा सम्पन्न बनाई सेवा प्रदान गर्ने निष्कर्ष निकालिएको थियो । अभिमुखिकरण विशेष त ५ नं. प्रदेशका आयुर्वेद डाक्टर कलादेवि विश्वकर्मा र बुद्धिप्रसाद पौडेलले प्रशिक्षण दिएका थिए ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको अभिमुखिकरण कार्यक्रममा जिल्लाका स्थानिय तहहरुका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रमुख ताथा प्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।